बुध्द एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ विमोचन
काठमाडौं । नेपालको निजी विमान सेवा प्रदायक संस्था बुध्द एयरको कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक बाई द बुक को राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बिमोचन गरिएको छ । उक्त पुस्तकमा बुध्द एयरको प्रेरणादायी यात्रालाई समेटिएको छ । बुध्द एयरको सानो सुरूवातदेखि मुलुककै अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रा, सपना, संघर्ष र इमानदारितालाई पुस्तकमार्फत उजागर गरेका छन्। पुल्चोकस्थित द प्लाजामा आयोजित लोकार्पण कार्यक्रममा उक्त पुस्तकको बिमोचन गरिएको थियो । उक्त पुस्तकको बिमोचन हिमालयन बैंकका सीइओ अशोक शम्शेर जबरा र उनको श्रीमती सुनिता बस्नेत, कर्मचारी सञ्चय कोषका पूर्व प्रमुख प्रशासक संसारभक्त श्रेष्ठले गरेका थिए ।
हवाई उद्यमी बस्नेतले उक्त पुस्तक आफ्नो आमा आशारानी बस्नेतबाट ग्रहण गरेका थिए । बिमोचन कार्यक्रममा बस्नेतले उक्त पुस्तक अनुशासनसँग जोडिएको भएको जानकारी दिएका थिए । उनले बुद्ध एयरसँगै आफैलाई पनि अनुशासन जोडिएको बताए । ‘आज २८ बर्ष अनवरत अगाडि बढिरहेको यो वायुसेवा,’ कार्यकारी अध्यक्ष बस्नेतले भने, ‘किताव लेख्नुको मुख्य उद्देश्य व्यवस्थापन हो । हामीले नव उद्यमी, व्यवस्थापनका विद्यार्थीलाई लक्षित गरी यो किताव निकालेका छौं । सपना देख्ने सबैलाई प्रेरणा दिने किताव हो, बाई द बुक ।’ सन् १९९७ मा चारजनाबाट सुरु भएको बुद्ध एयरको सेवा १५ सय परिबारमा विस्तार भएको कथा यो कितावमा उल्लेख छ । हाल यो एयरसँग दुई वटा एटीआर ४२ र १६ वटा एटीआर ७२ गरी १८ वटा जहाजमार्फत ४३ वटा गन्तव्यमा उडान गर्दै आएको छ ।