तीनकुने प्रकरणमा पक्राउ परेका ६ जना हिरासतबाटै परिक्षामा सहभागिता

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना युवक अहिले प्रहरी हिरासतमै रहेर कक्षा १२ को परीक्षा दिइरहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार १९ वर्षीय दिनेश महतोसहित ती सबैलाई हिरासतबाटै परीक्षा दिने व्यवस्था गरिएको हो। उनीहरूलाई भद्रकालीस्थित प्रहरी परिसरमा ल्याएर परीक्षा गराइएको छ।

पक्राउ परेकाहरूमा सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा, धादिङ, नुवाकोट जिल्लाका युवकसहित एक जना भारतीय नागरिक अमन साकिन पनि छन्।

दिनेश महतो चैत १५ गते लिभरपुल कलेजमा अध्ययनरत रहँदा प्रदर्शनका क्रममा भाटभटेनीबाट चुरोट र रक्सी चोरेको आरोपमा पक्राउ परेका थिए। परीक्षाको अधिकार सुनिश्चित गर्न प्रहरीले हिरासतमै परीक्षा दिने वातावरण मिलाएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *