पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्त पक्राउ गर्न माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै उनले तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको ‘माइक्रो म्यानेजमेन्ट’ पूर्वराजाले गरेको आरोप लगाउँदै सरकारले किन ढिलाइ गरिरहेको छ भन्ने प्रश्न उठाए। “सरकार के हेरेर बसेको हो?” भन्दै उनले पूर्वराजालाई कारबाहीको दायरामा ल्याउन जोड दिए। चैत १५ गते राजतन्त्र समर्थक प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो र सार्वजनिक सम्पत्तिमा व्यापक तोडफोड भएको थियो।

सुनारले राजावादी आन्दोलनको योजना पूर्वराजाले नै बनाएको भन्दै उनलाई कानुनी दायरामा ल्याउन सरकारलाई दबाब दिएका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *