लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा केई एक्सचेन्ज कार्निभल २०८२’ हुँदै
काठमाडौंस्थित थापाथली (केई शोरुम,हुन्डाई शोरुमको विपरित दिशा)मा आगामी बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुन लागेको हो । केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ । ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत विशेष अन–द–स्पट सवारी साधन मूल्याङ्कन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्याङ्कनमा दुई जनाको लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् ।
बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने जनाइएको छ । यसैगरी, प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारीसाधन सँग बोस्च जेट कार वासर र एक्स थ्री प्रो सवारीसाधनको साथ बोस्च वासिङ मेसिन प्राप्त गर्न सकिने छ । कार्निभलमा मनोरञ्जन र संगीत, रमाइला खेलहरू र सम्पूर्ण परिवारलाई संलग्न गराउने मनोरञ्जनात्मक गतिविधिहरू पनि हुने जनाइएको छ । चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशिया लगायत देश र क्षेत्रहरूमा निर्यात गरिन्छ । नेपालमा केईलाई जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी प्रालिले वितरण गर्छ ।