लाहोरमा पाकिस्तानी वायु रक्षा प्रणाली निष्क्रिय पारेको भारतको दाबी

काठमाडौं । भारतले पाकिस्तानको लाहोरस्थित वायु रक्षा प्रणाली र राडारहरूलाई निशाना बनाई निष्क्रिय बनाएको दाबी गरेको छ।

भारतीय रक्षा मन्त्रालयका अनुसार, आज विहान भारतीय सशस्त्र बलले पाकिस्तानका विभिन्न स्थानमा अवस्थित वायु रक्षा प्रणाली र राडार केन्द्रहरूमा लक्षित आक्रमण गरेको हो। मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा पाकिस्तानले जम्मु–कश्मीरका विभिन्न क्षेत्रमा नियन्त्रण रेखा पार गर्दै मोर्टार र ठूलो क्यालिबरको आर्टिलरी प्रयोग गरी गोलाबारी गरेपछि जवाफी कारवाही गरिएको उल्लेख छ। “गए राति पाकिस्तानले योजनाबद्ध रूपमा विभिन्न स्थानमा आक्रमण ग–यो, जसको प्रतिकारस्वरूप भारतीय सेनाले आवश्यक सैन्य कारवाही गर्यो,” विज्ञप्तिमा भनिएको छ।

भारतीय पक्षका अनुसार, पाकिस्तानी गोलाबारीका कारण ३ महिला र ५ बालबालिकासहित १६ जना निर्दोष नागरिकको मृत्यु भएको छ। सोही घटनालाई आधार मानेर जवाफी कारवाही गर्न बाध्य भएको भारतको भनाइ छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *