व्यवसायी सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्न प्रभु बैंकको ताकेता

काठमाण्डौं । प्रभु बैंकले व्यवसायी अजेयराज सुमार्गीलाई ३५ दिनभित्र ऋण तिर्नको लागि ताकेता गरेको छ। वैशाख २२ गते नै ३५ दिनको अवधि दिएर बैंकले सार्वजनिक सूचना जारी गरेको छ। यसअघि पटक पटक मौखिक र लिखित ताकेता गर्दा समेत सुमार्गीले पूर्ण व्यवस्था गरेको भन्दै बैंकले सार्वजनिक सूचना नै निकालेको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा चुक्ता भुक्तानी हुने मितिसम्मको बैंकलाई तिर्नु बुझाउनु पर्ने सम्पूर्ण रकम चुक्ता फर्छ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋण, धितो सुरक्षणधनी तथा जमानतकर्ता समेतलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ, बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ। बैंकले ऋणी मुक्ति श्री हस्पिटालिटी प्रा.लिलाई यो सूचना जारी गरेर ३५ दिने समय तोकेको हो।

यसको ऋणको संस्थागत जमानतकर्तामा मुक्ति श्री प्रा.लि रहेको छ। त्यस्तै व्यक्तिगत जमानतकर्ताहरूमा अजेयराज सुमार्गी (पराजुली) र उनकी श्रीमती सम्झना अर्याल रहेका छन्। धितोको रूपमा भने मुक्ति श्री हस्पिटालिटी प्रा.लिको नाममा रहेको काठमाडौं महानगर वडा ११ को ६ रोपनी घरजग्गा र घर जग्गाले चर्चेको क्षेत्र रहेको उल्लेख गरिएको छ। दोस्रो धितोको रूपमा मुक्ति श्री हस्पिटालिटी प्रा.लि र नेपाल चर्चिल होटेलको संयुक्त नाममा रहको काठमाडौं ११ कै अर्को २ रोपनी एक आना एक पैसामध्ये हस्पिटालिटीको हकमा रहेको हिस्साको जग्गा राखिएको छ। त्यस्तै मुक्ति श्री हस्पिटालिटीको स्वामित्वमा रहेको चालु सम्पत्तिको धितोमा समेत कर्जा दिइएको थियो। सुमार्गीले होटल निर्माणको लागि भनेर ऋण लिए पनि उपयोग होटल निर्माणमा उपयोग नगरेको बताइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *