नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि सोमबार सुन तोलाको एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *