पाकिस्तानको हिरासतमा रहेका भारतीय बीएसएफ जवान रिहा

काठमाडौँ । पाकिस्तानले आफ्नो हिरासतमा लिएको भारतीय बीएसएफ जवान पूर्णम कुमार साहुलाई रिहा गरेको छ । 

साहु बुधबार अटारी–वाघा नाकाबाट भारत फर्किएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । साहु पछिल्लो २० दिनदेखि पाकिस्तानको हिरासतमा थिए ।

साहु अप्रिल २३ मा गल्तिले पाकिस्तान पुगेका थिए । त्यसबेलादेखि उनी पाकिस्तानी रेन्जर्सको कब्जामा थिए । डीजीएमओ स्तरमा भएको वार्तापछि उनलाई रिहा गरिएको बताइएको छ । हाल उनलाई बीएसएफ अधिकारीहरूसँग स्वास्थ्य जाँचको लागि पठाइएको र उनलाई सोधपुछ गरेर घर जान दिइने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *