नेपाली बजारमा सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा विहिबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुन तोलामा ३५ सयले घटेर एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस अघि बुधबार सुन तोलाको एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।