चलचित्र ‘के घर के डेरास् घर नं २’ आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘के घर के डेरा: घर नं २’ आजबाट प्रदर्शनमा आएको छ।

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ ले देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौँभित्र २५ बढी शो र उपत्यका बाहिर २४ बढी शो पाएको छ । यो चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय रहेको छ ।

साहित्यकार बुद्धिसागरले लेखेका यो चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो। कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रको कार्यकारी निर्मातामा युवराज कार्की छन् भने निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *