मन्त्रिपरिषद् बैठक स्थगित, ओली–देउवा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेका छन् । सोमबार (आज) साँझ ६ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, अहिले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय अझै टुंगिएको छैन । गभर्नरसहित अन्य विषयमा छलफल हुने जनाइएको छ ।