आइपिएल: लखनउ सुपर जाइन्टका दिग्वेश राठीलाई एक खेलको प्रतिबन्ध

काठमाडौँ । आइपिएल टिम लखनउ सुपर जाइन्टका दिग्वेश राठीलाई एक खेलको प्रतिबन्ध लगाइएको छ ।

गएराती सम्पन्न सनराइजर्स हैदरावादविरुद्धको खेलमा गरेको व्यबहारका कारण उनलाई आइपिएल गभर्निंङ काउन्सिलले एक खेलको प्रतिबन्ध लगाएको हो । दिग्वेशले खेलको आठौं ओभरको तेस्रो बलमा सनराइजर्सका अभिषेक शर्मालाई आउट गरेपछि उनले गरेको सेलिब्रेसन र त्यसपछि अभिषेकसँग भएको विवादका कारण उनलाई एक खेलको प्रतिबन्ध र खेल फिसको ५० प्रतिशत जरिवाना लगाइएको छ ।

राठीले आफ्नो नोटबुक सेलिब्रेसनका कारण यस आइपिएलमा पटक पटक जरिवानामा परेका छन् । यस सिजनमा उनको ५ डिमेरिट अंक पुगेपछि उनलाई एक खेलको प्रतिबन्ध लागेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *