नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १७ सयले बढेर तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि बुधबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा ३५ रुपैयाँ बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा २०२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *