माओवादी केन्द्रको अभियान टोली बाग्लुङमा

बाग्लुङ । बैतडीको पाटनबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अभियान सम्पन्न गरी गण्डकी प्रदेशको बाग्लुङमा प्रवेश गरेको छ।

अभियान टोलीलाई बाग्लुङको निसिखोला क्षेत्रमा बाजागाजासहित भव्य रूपमा स्वागत गरिएको छ । सो अवसरमा लुम्बिनी प्रदेशका इन्चार्ज बलदेव खनाल नेतृत्वको टोलीले गण्डकी प्रदेशका इन्चार्ज दिनानाथ शर्माको नेतृत्वमा रहेको टोलीलाई औपचारिक रूपमा झन्डा हस्तान्तरण गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *