मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक, के भने सरकारका प्रवक्ताले ?

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक गरेको छ ।

आज (विहिवार) सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिवन्ध लगाउने अधिकार सरकारलाई रहेको समेत बताए ।मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । राजतन्त्र पुनःस्थापना गर्नेकुरा संविधान विरोधी काम भएको उनले उल्लेख गरे । अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए ।

उनले निर्णय सुनाउने क्रममा बोल्दै नेपालमा गणतन्त्र गोलीद्वारा नभइ बोलीबाट आएको बताएका छन् ।उनले नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेको समेत उल्लेख गरे । उनले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको पनि बताए । उनले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गरे ।

मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *