पूर्वराजा ज्ञानेन्द्र शाह नाति हृदयन्द्रसहित नारायणहिटी दरबारमा किन ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् ।
नाति हृदयन्द्रलाई लिएर आमा रत्न शाहलाई भेट्न नारायणहिटी गएको खबर प्राप्त भएको छ । पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय फणिराज पाठकका अनुसार हृदयन्द्रले मुमा बडामहारानी रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएका हुन् । राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले नारायणहिटी छोडेका थिए । तर, रत्न भने नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छन् ।
पूर्वराजाका संवाद सचिव पाठकले यो भ्रमण पूर्वराजाबाटै तय भएको दावी गरेका छन् । अमेरिकामा अध्ययनरत नवयुवराज हृदयन्द्र गत जेठ ३ गते नेपाल आएका हुन् । नवयुवराज अमेरिकाबाट आएपछि आफू जन्मिएको दरवारमा जाने र मुमा बडामहारानीसँग भेट गर्ने इच्छा गरेकाले त्यहाँ गइएको बताइएको छ । उनी छुट्टि मनाउन नेपाल आएको बताइएको छ ।