रास्वपाको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम राख्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले बताए । उनले भोलि (मंगलबार) बस्ने संसद् बैठकमा पनि जेठ १३ र १४ गतेकै भूमिकामा प्रस्तुत हुने बैठकले निर्णय गरेको बताए । ‘भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नको लागि गृहमन्त्रीज्यूले पद छोडिदिनुपर्छ । अरूलाई छानबिन गर्नको लागि आफू पछि हटेर स्पेस दिनुपर्छ’ झाले भने । उनले परिवारको सदस्यले गरेको बदमासीको जिम्मेवारी अभिभावकले लिनुपर्ने उल्लेख गर्दै उक्त प्रकरणबारे गृहमन्त्री स्वयंले नभई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *