प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सरेको छ ।
आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक सभामुख विपक्षी दलहरुसँग छलफलमै रहेकाले २ बजेसम्मका लागि सारिएको सभामुखको सचिवालयले जानकारी दिएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् । संसदको अवरोध खुलाउने प्रयास भएपनि विपक्षीदलहरु आफ्नो अडानमा कायम रहेका छन् ।
सभामुख देवराज घिमिरे अहिले प्रमुख चार दलका प्रमुख सचेतक र मुख्य सचेतकसँग छलफल गरिरहेका छन् । यसअघि आज बिहान बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने तीन माग अगाडी सारेका छन् ।