लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै
काठमाडौँ । लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । साथै, यस खातामा ग्राहकहरूले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन् । लक्ष्मी बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धताअनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्ने गरी प्रत्येक ग्रीन सेभिङ खाताबापत बैंकले एउटा रुख रोप्नेछ ।
यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरणलगायत दिगो विकास लक्ष्यहरूअन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिनेछ ।
यो पहलमार्फत लक्ष्मी बैंकले आफ्नो ‘ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिनेछ । यसै प्रतिबद्धताअन्तर्गत बैंक पीसीएएफ (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । सो साझेदारीमार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउनेछ, जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्नेछ ।
साथै, ग्राहकहरूलाई डिजिटल बैंकिङ माध्यमहरू अपनाई ग्रीन बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले लक्ष्मी बैंकले विभिन्न अफरहरू पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरूले मोबाइल मनीद्वारा कुनै पनि क्यूआर भुक्तानी गर्दा १० प्रतिशतको छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन क्यूआर भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्ट्स प्राप्त गर्न सकिने थियो ।
यसका अतिरिक्त मोबाइल मनी प्रयोगकर्ताहरूले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्ट्समार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जसअन्तर्गत मोबइल मनी, डेबिट कार्ड, इन्टरनेट बैंकिङ तथा इमेल अलर्ट सुविधाहरू पर्दछन्) १ वर्षका लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन् ।
















