एफएनसीसीआईको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठको उम्मेदवारी दर्ता, एसोसिएट्सका उपाध्यक्ष भरतराज आचार्यको समर्थन


काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ । वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठ सहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघ, टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरुको सामुहिक उम्मेदवारी दर्ता गरेको हो । श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका हुन् ।

एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्षपदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्,जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे । एसोसिएट्समा दुबै तर्फका बराबर सदस्यहरु राख्ने सहमति भएको छ । यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफुले उम्मेदवारी दिएको बताएका छन् । अर्थतन्त्र लथालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनु पर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुने गरी काम गर्नुपर्दछ,श्रेष्ठले भने, अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ । आफ्नो टिमले सहभावना र सहकार्यको मुलआधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता वरिष्ठ उपाध्यक्षपदका प्रत्याशी श्रेष्ठले जाहेर गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *