गरिमा विकासले २०८० को क्यालेण्डर र नयाँ वेवसाईट विमोचन


काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडले एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ । केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गर्नु भयो । बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ । सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले स्तरोन्नती गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गर्नु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *