निर्वाचनबारे समीक्षा जरुरी छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा. डा. शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन् । आज भएको एक कार्यक्रममा पत्रकारहरुसँगको कुराकानीमा धारणा राख्दै उनले यस्तो बताएका ह्ुन् । उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने उनको भनाइ रहेको थियो ।

उनले भने , “हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी छ ।” पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनले आफ्नो धारणा व्यक्त गरेका छन् ।

उनले थपे “अब हामीले पनि नयाँ नीति बनाउनुपर्ने हो कि भन्ने देखिन्छ ।” उपनिर्वाचनमा आन्तरिक कमजोरीका कारण हार बेहोर्नु परेको उहाँको अनुमान छ । अहिले पार्टीभित्रको असन्तुष्टि भनेको मन्त्रिमण्डल विस्तारमा देखिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *