करको दर हेरफेरबारे अर्थमन्त्रीले सदनमा जवाफ दिने सहमति

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले करका दर हेरफेरबारे अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपबारे प्रतिनिधिसभामा जवाफ दिने भएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीसँग मंगलबार संसद् भवनमा भएको छलफलपछि अर्थमन्त्री सदनमा जवाफ दिन सहमत भएका हुन् । अर्थमन्त्रीले करको दर हेरफेरबारे सदनमा जवाफ दिने भएपछि प्रतिनिधिसभा बैठक केही बेरमै सुरु हुने भएको छ ।

एमाले, रास्वपा, राप्रपाले करको दर हेरफेरबारे अर्थमन्त्रीले स्पष्टीकरण नदिएपछि संसद् बैठक चल्न नसक्ने चेतावनी दिएकाले बिहान ११ बजे बोलाइएको संसद् बैठक अझैसम्म सुरु हुन सकेको छैन । एमाले अध्यक्ष ओलीले अर्थमन्त्री महतसँग छलफल गरेर वास्तविकता के हो बुझेपछि मात्र विपक्षी दल सदन सञ्चालन गर्न सहमत भएका हुन् ।

बजेट बनाउने बेला अर्थमन्त्री महतले सेवा निवृत्त भइसकेका रामकृष्ण श्रेष्ठलाई करका दर हेरफेर गर्दा सहभागी गराएको विपक्षी दलका सांसदले सोमबारको संसद बैठकमा आवाज उठाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *