सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ ५४ नेपाली बजारमा


काठमाण्डौं । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ ५४ स्मार्टफोन छन् को साथ बजारमा लिएर आएको छ । कम्पनीको यो नयाँ हाइ–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ । ६.७ सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटको साथ यस फोनले उपभोक्ताहरुले सहज रूपमा हेर्न र स्क्रोल गर्न सक्छन् । ८ जीबी ¥याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ । यसमा रहेको १०८ एमपीमुख्य क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड र २ एमपीम्याक्रो लेन्सक्यामेराबाट हुने ट्रिपल–लेन्स सेटअपले प्रयोगकर्ताहरूले एडभान्स क्यामेराको अनुभव पाउनेछन् ।

यो बाहेक पनि मुख्य क्यामेरामा भएको ओआइएस तथा भीडीआइएसले कम प्रकाशमा पनि उत्कृष्ट फोटोहरु खिच्न दिन्छ । ग्यालेक्सी एफ ५४ ले रातको समयमा पनि सफा स्पष्ट डिटेल भएको फोटोहरु दिन्छ । यसको अगाडी रहेको ३२ मेगा पिक्सेल लेन्स क्यामेराको प्रयोग गरी हाइक्वालिटीको सेल्फी, भिडियो, र भिडियो कलहरू गर्न सकिन्छ । अक्टा–कोर एक्सिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ ५४ निक्कै नै टिकाउ छ । उत्कृष्ट ६ हजार एमएएच ब्याट्री रहेको यस फोनले आफ्नो प्रयोगकर्तालाई पावर सकिने चिन्तानगरी यसको प्रयोग गर्न पाउने अनुभव दिन्छ । २५वाटको सुपर–फास्ट चार्जिंगले ३० मिनेटको चार्जमा नै पुरा दिन मोबाइल चल्नेछ ।

यति मात्र हैन, ४ जेनेरेसन सम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टीड सुरक्षा अपडेट पनि पाउनु हुनेछ । यसमा रहेको भ्वाइस फोकसले आसपासको आवाजहरुलाई कम गर्छ र भोइस वा भिडियो कलको बेला तपाईँको आवाजलाई स्पष्ट बनाउँछ । यसको प्रयोगले प्रयोगकर्ताहरूलाई धेरै आवाज हुने ठाउँहरुमा पनि स्पष्टताका साथ कलहरू गर्न दिन्छ । ग्यालेक्सी एफ ५४ २ आकर्षक रङहरूमाउपलब्ध छ – सिल्भर र निलो । यसको ८+२५६ जीबी भेरियन्ट रु ५२ हजार ४ सय ९९ को मूल्यमा बजारमा उपलब्ध छ । यो मोडल देशभरका सबै शोरुमहरुमा बिक्रीका लागि उपलब्ध गराएको जनाईएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *