सरकारमा रास्वपाको प्रवेशपछि विदेश जानेको संख्यामा वृद्धि भएको शंकर पोखरेलको दावी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर झनै बढेको टिप्पणी गरेका छन् । सामाजिक संजालमा मंगलबार एक पोष्ट गर्दै एमाले महासचिव शंकर पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।
नेकपा(एमाले) सरकारमा आउदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारवाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा (एमाले) हो भन्ने जनविश्वासलाई उजागर गरेको उनले बताए । तथ्यहिन रुपमा पुराना पार्टीका कारणले विदेशीने बढे भनेर नेकपा (एमाले) लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार भएको उनको भनाइ छ । विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदयभएपछि नै विदेशीनेको संख्या झनै वढ्यो । के यसको जिर्मेवारी नेकपा (एमाले) ले नै लिनुपर्ने हो र ? भन्दै उनले सामाजिक संजालमा जल्दोबल्दो विषयमा कुरा उठाएका छन्
नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ उनले सामाजिक संजालमा लेखेका छन् ।
















