खोटाङका प्रजिअ खतिवडा निलम्बित

काठमाडौं । असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका छन्।

उनले तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार खतिवडालाई आइतबार निलम्बन गरिएको हो । आइतबार खतिवडा भ्रष्ट्रचारको मुद्धा लागेर निलम्बनमा परेपछि तत्काल अर्को प्र.जि.अ नियुक्त गर्न नसकिएको उनकाे भनाइ छ । प्रजिअ नपठाउन्जेललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने भएकी छिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *