प्रभु बैंकको नाफा पौने ३ अर्ब रुपैयाँ


काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्षको चौथों त्रैमासम्म खुद नाफा ४९.५३ प्रतिशत बढेर २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ७८।६२ प्रतिशत बढेर १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७४ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा ४ अर्ब २० करोड ७७ लाख रुपैयाँ र कूल सञ्चालन आम्दानी १२ अर्ब २९ करोड २८ लाख रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८५.२५ प्रतिशत बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ र जगेडा कोष ८५.३४ प्रतिशत बढेर १० अर्ब २ करोड ८ लाख रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकले २ खर्ब ८९ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकको निक्षेप ६२.३५ प्रतिशत र कर्जा लगानी ६४.१३ प्रतिशत बढेको हो । गत असारसम्म बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.१६ प्रतिशत, कस्ट अप फण्ड ७.८३ प्रतिशत, आधार दर १०.२६ प्रतिशत, स्प्रेड दर ४.८६ प्रतिशत र सीडी रेसियो ८०.३९ प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *