सवारी आवागमनमा रोक नलगाइ चुनाव गराउने तयारीमा छौं : आयोग

काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिनुभयो । विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको पनि बताए । ‘हामी सकेसम्म यो पटक निर्वाचनको दिनपनि सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ । गामीमा नचाहिने मान्छेहरू ओसारपोसार गर्छन् भनेर हामीले विगतमा सवारी आवागमनमा रोक लगाउने निर्णय गर्ने गरेका थियौं ।

विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ । ‘संसारमा कतैपनि यातायात बन्द गरेर निर्वाचन हुँदैन भन्ने छ । तर हामीकहाँ त्यो कुरा लागू हुदैन । स्थानीय तहमा राजनीतिक दलहरू र उम्मेदवारहरूले पनि भोटरहरूलाई मतदानस्थलमा लैवाने व्यवस्था मिलाउन सक्छन् । तर निर्वाचन आयोगले नै बस नै चलाएर अपांगता भएका लगायतका व्यक्तिहरूलाई सेवा दिनसक्ने अवस्था छैन । स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्‍याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैंले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पारे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *