कांग्रेस सदस्यताका लागि क्रमसंख्यासहितको फाराम २४ घण्टाभित्रै जिल्ला पठाइने

काठमाडौँ । नेपाली कांग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घन्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला(जिल्लामा पठाउने निर्णय गरेको छ। मंगलबार बसेको समितिको बैठकले सदस्यताको फाराम क्रमसंख्यासहितकै उपलब्ध गराउने निर्णय गरेको सदस्य प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

‘आज समितिको बैठक बस्यौँ। बैठकले क्रमसंख्या नभएक फाराम जिल्लामा पठाएको भनेर विवाद भएपछि त्यसबारे निर्णय गर्‍यौँ,’ उनले भने, ‘विवाद समाधानका लागि क्रमसंख्या भएको फाराम जिल्लामा पठाउन आज (मंगलबार) बिहानै प्रेसमा फाराम पठाइसकेका छौँ । फाराम २४ घण्टाभित्रै जिल्लामा पठाउने निर्णय भएको छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *