बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध जेनजी अगुवा मिराज ढुंगाना समूहले प्रदर्शन गरेको छ । सो समूहले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको हो । त्यसक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा अमृत कुमार बोहरा र प्रकाश शर्मा छन् । उनीहरू दुवैजनालाई प्रहरी वृत्त मालिगाउँ लगिँदै गरेको एसपी भट्टराईले जानकारी दिए । भर्खर त्यहाँ लैजादै छौँ । को हुन् सोधपुछ गर्छौं, एसपी भट्टराईले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *