प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध उजुरी आव्हान

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सुनावाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई समितिको आज सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको व्यक्तिका बारेमा १० दिनको तोकेर सार्वजनिक उजुरी माग गर्ने निर्णय गरेको छ ।

समितिले नियुक्ति प्रक्रियाका बारेमा उजुरी माग गरी सरकारी सञ्चार माध्यमबाट सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गर्ने निर्णय गरेको छ । साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

समितिले संसदीय सुनुवाइ प्रक्रिया पुरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *