संविधानको सार्थक कार्यान्वयन कांग्रेसले मात्रै गर्न सक्छ ः महामन्त्री थापा

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन् । विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यमबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली काँग्रेसबाहेक अन्य दलले गर्न नसक्ने बताएका हुन् ।

महामन्त्री थापाले कांग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढ्ने तागत रहेको जिकिर समेत गरे । थापाले भने, ‘यो संविधान अपर्याप्त छ । यसलाई पर्याप्त बनाउने हो । यसलाई थप सुधार गर्दै लिएर जाने हो । र, काँग्रेसले नै यसलाई सार्थक कार्यान्वयन पनि गर्दै यही व्यवस्थाभित्र हामी सबैको चाहनाहरूलाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीले पुर्‍याउनु पर्छ । हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौँ भने अरू कसैले पनि त्यो भूमिका निर्वाह गर्न सक्दैन । यो मैले अहङ्कार राखेर भनेको होइन । नेपाली काँग्रेससँग त्यो समन्वय गर्ने तागत छ । ’

महामन्त्री थापाले सबै नेपाली देशभक्त हुन् भन्ने मान्यताको आधारमा कांग्रेस अघि बढ्ने बताए । उनले सबै जाति, धर्म, संस्कार र संस्कृतिको उत्तिकै सम्मान गरेर मात्रै सबै नेपालीलाई देशभक्त बनाउन सकिने भएकाले त्यो काममा कांग्रेस प्रतिबद्ध भएर लाग्ने आश्वासन समेत दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *