युनिलिभर नेपालको नगद लाभांश


काठमाडौं। युनिलिभर कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार प्रतिसेयर एक हजार ५ सय ८० रुपैयाँ वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

साधारणसभाबाट अनुमोदन भएको ४५ दिनभित्र नगद लाभांश सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले लाभांश वितरणार्थ आगामी मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।यसको अर्थ मंसिर १२ गतेअघिसम्म कायम सेयरधनीहरु कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *