सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश पौडेल

काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षमा न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाज हेर्ने गरी अध्यक्षमा नियुक्त गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए ।

सैनिक अदालतमा तीन न्यायाधीशको इजलास रहने व्यवस्था छ । जसमा दुई जना सैनिक प्राड विभागबाट सहभागी हुन्छन् ।त्यस्तै बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *