एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेशी फागुन २५ गते सुनुवाइ हुने

काठमाडौं । एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेशी फागुन २५ गतेलाई तोकिएको छ । एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा आजका लागि तोकिएको थियो ।

तर गोला तान्ने क्रममा कुनै पनि न्यायाधीशले उक्त मुद्दाको सूची नतानेपछि स्थगितको सूचीमा राख्दै अर्को पेशी फागुन १५ गतेलाई तोकिएको हो ।

स्वीडीस कम्पनी टेलियासोनेरासँग मलेसियन कम्पनी एनसेलले सेयर खरिद गर्दा लाभकर छलेको भन्दै ठुला करदाता कार्यालय ललितपुरले एनसेललाई ५७ अर्ब लाभकर तिर्नुपर्ने भनी निर्धारण गरेको थियो ।

ठुला करदाता कार्यालयले निर्धारण गरेको लाभकरमा चित्त नबुझाएर एनसेलले आन्तरिक राजश्व विभागका महानिर्देशक समक्ष निवेदन दिएपनि ठुला करदाता कार्यालयकै निर्णय सदर भएको थियो ।

त्यसपछि आफूले त्यति धेरै कर तिर्नु नपर्ने भन्दै एनसेल राजश्व न्यायाधिकरणमा पुगे पनि राजश्व न्यायाधिकरणले समेत एनसेललाई हराइदिएको थियो । त्यसपछि एनसेल २०७७ पुष २६ गते सर्वोच्च अदालत पुगेको थियो । उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *