एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित
काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको छ ।
यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।सो विजयलक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा विकेट नगुमाई जित हासिल गरेको हो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले १३ र आर्सिन ले ४३ रनको योगदान गरेका हुन ।
जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्रेको छ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो ।
साथै यो सँगै नेपाली टोलीको समूहगत चरणबाटै बाहिरिएको छ ।















