कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता दम्पतीको उपचार गरिदिने

काठमाण्डौं । कर्मचारी सञ्चय कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको छ। एक सूचना प्रकााशित गर्दै कोषले यस अघि सञ्चयकर्तालाई मात्र प्रदान गर्दै आएको उपचार सुविधा सञ्चयकर्ताका पति वा पत्नीलाई समेत प्रदान गरिने जनाएको हो । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष बढीमा १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेको थियो । आगामी फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति रपत्नीलाई समेत यो योजनामा समावेश गरिएको कोषले जनाएको छ ।

त्यस्तो उपचार गराउने अस्पतालहरूको सूची तयार गरिएको हुँदा सो सूचीमा उल्लिखित अस्पतालहरूमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने कोषले जनाएको छ । नयाँ व्यवस्था बमोजिमको अस्पतालहरूको सूची कोषको वेबसाईट धधध।भउा।यचन।लउ मा हेर्न सकिने जनाउँदै कोषले सूचिकृत गरेका अस्पतालमा मात्र सञ्चयकर्ता वा पति र पत्नीको उपचार गराई कोषबाट सञ्चयकर्तालाई प्रदान गरिने सुविधा उपभोग गर्न सूचित गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *