कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ ।

आज (शुक्रबार) बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो । जसमा अर्थ समितिको संयोजकमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का, उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हितमा रमा कोइराला पौडेल, कानुन न्याय तथा मानवअधिकारमा नागिना यादव, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा कुशुमदेवी थापा संयोजक तोकिएका छन् ।

त्यसैगरी महिला तथा सामाजिक मामिला आशा विक, राज्य व्यवस्था सुशासन समितिमा दीलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचनामा लिलादेवी बोकिम र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरे संयोजक तोकिएका छन् । पार्टी विधान अनुसार समावेशिताको सिद्धान्तअनुसार संयोजक तोकिएको नेता लेखकले जानकारी दिए ।

त्यस्तै कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेको छ । ‘चाँडै निर्वाचन गर्न कांग्रेस केन्द्रीय समितिलाई निर्वाचन समिति तोक्न आग्रह गरेका छौँ’, नेता लेखकले भने, ‘आउँदो केन्द्रीय समिति बैठकले निर्वाचन समिति तोक्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *