रविको प्रश्न – समस्या समाधान गर्न कसले रोक्यो,ठगहरूलाई कारबाही गर्न कसले रोक्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समस्या समाधान गर्न कसले रोक्यो , ठगहरूलाई कारबाही गर्न कसले रोक्यो भन्दै प्रतिनिधिसभा बैठकमा प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् ।

देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए । लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन् । देशको समस्याबारे सबैजना जानकार रहेको भन्दै उनले समस्या समाधान गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका छन् । विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । 

प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै भ्रष्टाचारको फाइल खुल्नेबित्तिकै हुने सर्वदलीय बैठक मुलुकको आवश्यकताका विषयमा हुनुपर्ने बताए । लामिछानेले भ्रष्टाचारका फाइल खुल्नेबित्तिकै सर्वदलीय बैठक हुने गरेको पनि बताए । साथै सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *