कप्तान रोहित ४२ रन बनाएर आउट
काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ ।
नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले आठौ ओभरमा कप्तान रोहित पौडेललाई गुमाएको हो । रोहितले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ४२ रन बनाएर आउट भएका छन् ।
यस अघि कुशल भुर्तेल पहिलो बलमा आउट हुदै गोल्डेन डक भएका थिए भने आसिफ सेख ६ रन बनाएर आउट भएका थिए ।
















