प्रदेश इन्चार्ज हेरफेर गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो ।

जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नीप्रसाद सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई सिफारिस गरिएको छ ।

प्रस्तावित नाम भोलि विहान ८ बजे बस्नेत बैठकले टुंगो लगाउने बताइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *