नेपाललाई २०७ रनको लक्ष्य, तोडियो मल्लको रेकर्ड

काठमाडौँ । नामिबियाका जान निकोल लोफी इटोनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् ।

इटोनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउदै टी-२० मा छिटो शतक बनाउने नयाँ रेकर्ड बनाएका हुन् । इटोन १०१ रन बनाएर आउट भएका थिए । यस क्रममा उनले ११ चौका र ८ छक्का प्रहार गरेका थिए ।

यो रेकर्ड यसअघि नेपालका कुशल मल्लको नाममा रहेको थियो । मल्लले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाउदै यो रेकर्ड आफ्नो नाममा लेखाएका थिए । कुशल अघि कम बलमा शतक बनाउने रेकर्ड तीन खेलाडीको नाममा थियो । जसमा दक्षिण अफ्रिकाका डेभिड मिलरले बंगलादेशविरुद्ध, भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध र छेक रिपब्लिकका एस विक्रमासेकाराले टर्कीविरुद्ध ३५ बलमा शतक बनाएका थिए ।

केहि अघिबेर नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नामिबियाले २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको हो ।

अहिले नेपालले ब्याटिग गरिरहेको छ । जसमा ३ ओभरमा दुई विकेट गुमाएर २४ रन बनाएर खेलिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *