त्रिकोणात्मक टी–२० सिरिज : फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै दुवै टोलीले एकरएक अङ्क बाडेका छन ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेल वर्षा भएसँगै रोकिएको थियो । योसँगै उक्त प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको छ ।
लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो ।

















