१० लाखका दरले २६ सयलाई पैसा बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको हुँ ः डा. महत
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकशशरण महतले २० वर्षअघिको शान्ति सम्झौता अनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका महतले मंगलबार पत्रकार सम्मेलन गरी बजेट बाँड्ने प्रस्ताव अस्वीकार गरेको खुलाएका हु्न् ।
२० वर्ष अघिको शान्ति प्रक्रिया अनुरुप घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो मैले अस्वीकार गरेँ, डा. महतले भने, त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो । तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्नु भएको छ । उनले आफू सरकारमा हुँदा प्रधानमन्त्रीले कुनै लिष्ट नदेखाएको भन्दै आफू सरकारबाट बाहिरएपछि करिब २६ सयको लिष्ट सार्वजनिक भएको बताए । लिष्ट बनाएर १०÷१० लाख बाँड्ने कुरा आयो त्यसलाई मान्न सक्ने अवस्था थिएन ।
















