गोर्खाज फाइनान्सको एकसाथ दुई आर्थिक वर्षको साधारणसभा

काठमाण्डौं । गोर्खाज फाइनान्स लिमिटेडले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनीले शुक्रबार आ.व. २०७८।७९ र २०७९।८० को साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष डेकिन्द्र राईको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिको आ.व. २०७८।७९ र २०७९।८० को प्रतिवेदन छलफल गरी पारित गरेको छ। त्यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त र २०८० आषाढ मसान्तको वासलात तथा २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्त र २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ।

सभाले आ.व. २०८०।८१ को लेखापरिक्षणको लागि लेखापरिक्षण समिति तथा संचालक समितिको सिफारिस बमोजिम लेखापरिक्षक नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ। विशेष प्रस्ताव अन्तर्गत सभाले संस्थाको प्रबन्धपत्रको दफा ४(थ) र दफा ५ (घ) संशोधन गर्ने, संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्ने, र थपघट गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *