रास्वपाले आफ्नो पार्टीका मन्त्रीहरुलाई सघाउन विज्ञ समूह बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका मन्त्रीहरुलाई सघाउन विज्ञ समूह बनाउने भएको छ । सम्बन्धित विषयमा विज्ञरहेका र अनुभव भएकाहरुलाई समुहमा राख्ने रास्वपाले निर्णय गरेको हो ।

पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् । अब प्रत्येक आइतबार रास्वापाका चार मन्त्री र उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालको बैठक बस्ने भएको छ । बैठक प्रत्येक आइतबार बिहान बस्छ । सो बैठकको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ ।

वर्तमान सरकारमा रास्वपा बाट चार मन्त्रीसहित सरकारमा पुगेको छ । जसमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् । रास्वपाको आज (आइतबार) दोश्रो बैठक बसेको थियो। सो बैठकले विभिन्न पाँच बुँदे निणय गरेको छ ।

रास्वपा बैठकको पाँच निर्णयहरु

१. मन्त्रालयहरूको एक हप्ताको काम , अनुभव , कमजोरीलाई समिक्षा गरिएको छ ।
२. राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समेवसीतालाई मध्यनजर गरि मेरिटोक्रेसीलाई प्रधान मानि अघि बढाइनेछ ।
३. मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ ।
४. मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय गरिएको छ ।

५. सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *