कांग्रेसले अब गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विषयलाई पनि सदनमा उठाउने

काठमाडौं । नेपाली कांगेसले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विषयलाई पनि अब सदनमा उठाउने भएको छ आज बसेको बैठकमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको हो ।

आज बसेको संसदीय दलको बैठकले उक्त विषयमा संलग्न तत्कालीन केपी ओली सरकारका जिम्मेवार अधिकारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग सहित जोडदार रुपमा अघि सार्ने निर्णय गरेको छ । यो मागलाई कांग्रेसले आफ्नो एजण्डाकै रुपमा संसदमा अघि बढाउने रणनीति बनाएको छ । बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नहुने गरी समिति बनाइए कांग्रेसलाई मान्य नहुने पनि सांसदहरूले धारणा राखेका छन् ।

सहकारी ठगीको विषयमा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको दायरामा ल्याउन संसदीय छानबिन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले अब गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विषयलाई पनि अघि सारेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *