नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मुल्य एक लाख ४० हजार ३०० मा कारोबार भइरहेको छ ।

यस अघि आइतबार पनि सुन प्रतितोला १ लाख ४१ हजारमा नै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । चाँदीको मुल्य स्थिर रहदै तोलामा १,८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *