सन्दिप विश्वकपको वेस्टइण्डिजमा हुने दुई खेलहरूमा सहभागी हुने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलिका क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने दुई खेलहरूमा सहभागी हुने भएका छन् ।

क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । अब लामिछानेले टोलिमा समावेश भएसँगै प्रतिश जिसीको स्थान लिने भएका छन् ।

२०२४ टि-२० विश्वकपका खेलहरू अमेरिका र वेष्टइण्डिजमा भइरहेका छ । नेपाली राष्ट्रिय टोलीका अन्य खेलाडिहरु अमेरिका गएर खेलिरहे पनि अमेरिकाले सन्दीपलाई भिसा नदिँदा उनि जान पाएका थिएनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *