किसान बहुउद्देश्यीय ‘उत्कृष्ट सहकारी’ पुरस्कारबाट पुरस्कृत
काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले १०२औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थालाई पुरस्कृत गरेको छ । महासंघले सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सहकारी संस्थाका रूपमा उक्त संस्थालाई पुरस्कृत गरेको हो । महासंघले आयोजना गरेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहलाई पुरस्कार प्रदान गरेका थिए ।
संस्थाले सहकारी व्यवसायको माध्यमबाट बित्तीय तथा अन्य विविध सेवा प्रदान गरी सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्याएको भन्दै उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत गरेको हो । संस्थालाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सहकारी संस्था बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शेयर सदस्य , कर्मचारी, सञ्चालक समितिका पदाधिकारी तथा शुभचिन्तकहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।

















